पशुपति क्षेत्रमा ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान सुरू

पशुपति क्षेत्रमा ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान सुरू

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पशुपति क्षेत्रमा ‌आजदेखि ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान सुरू भएको छ। गौरीनगरमा बालज्ञानी गुरू आदित्यको उपस्थितिमा महायज्ञ महाअनुष्ठान सुरु भएको हो।

आगामी ३० गतेसम्म चल्ने महायज्ञ महाअनुष्ठानमा त्रि–गजुर शिवालयको प्राणप्रतिष्ठा समेत गरिने महायज्ञ मूल समितिले जनाएको छ । बालज्ञानी गुरू आदित्य त्रि–गजुर शिवालयको प्राणप्रतिष्ठा विधिपूर्वक शुभारम्भको कार्यक्रम ७ देखि ४ बजेसम्म रहेको छ । बाल गुरु आदित्यको अवधारणामा त्रि–गजुर शिवालयको स्थापना गरिएको हो।

आज महायज्ञको पहिलो दिन ९६० मंगल कलसको यात्रा पशुपतिनाथ मन्दिर परिक्रमा गरी सम्पन्न भएको छ। कलश यात्रामा ५०० प्लेकार्ड र अर्को ५०० ॐ आदी लेखिएको पहेंलो झण्डा समेत पर्दशन गरिएको हो।

प्लेकार्डमा बाल गुरु आदित्यका ‘आफ्नो परिचय आफैभित्र हुन्छ, सर्वप्रथम ध्यनद्वारा आफूलाई चिनौ’ ‘परिवार एकजुट हौं, कोही नहराऔं, कोही नबिलाऔ’ ‘जिउन सङ्घर्ष गर्नेछु, सबैको रक्षा गर्नेछु, युग पुरुष बन्नेछुु’ जस्ता भनाइहरू राखिएको छ।

चैत ३० गते शनिवार अपराह्न ५ बजे महायज्ञ महाअनुष्ठान समापन कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको समापन गर्ने कार्यक्रम रहेको छ ।

Logo