काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनीमा बुधबारदेखि देखिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई आज बिहान बेहोस गर्ने इन्जेक्सन (डार्ट) गरी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ । बिहीबार धान खेतमा काम गरिरहेकी दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाहको बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।































प्रतिक्रिया