निरन्तर वर्षापछि हवाई उडान प्रभावित

निरन्तर वर्षापछि हवाई उडान प्रभावित

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । मङ्गलवार बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाका अनुसार भारी वर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरण प्रभावित भएको हो ।

अविरल वर्षाका कारण मौसम खराब हुँदा केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् । आज स्तानबुलबाट काठमाडौँ आएको तुर्किस्तान एयर खराब मौसमका कारण डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयरको जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।

झाका अनुसार विमान अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार मिटरभन्दा कम रहेको छ ।

Skip This
Skip This
Logo