देशैभर भारी वर्षा हुँदैः कुन-कुन जिल्लामा कति भयो वर्षा ?

देशैभर भारी वर्षा हुँदैः कुन-कुन जिल्लामा कति भयो वर्षा ?

केन्द्रबिन्दु
63
Shares

काठमाडौँ । मनसुन सक्रिय भएसँगै अहिले देशैभर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ ।

आज काठमाडौँको कपन क्षेत्र, सुन्दरी जल आसपास र ललितपुरमा पछिल्लो ६ घण्टामा ४६ देखि ६७ मिलिमिटर वर्षा भएको छ । यो वर्षा अझै केही घण्टा निरन्तर हुने सम्भावना छ । चितवनको शक्तिखोरवरिपरि पनि भारी वर्षा हुँदै छ । सिन्धुपाल्चोकको मेलम्ची जलाधारमा पनि मध्यमदेखि भारी वर्षा हुँदै छ ।

आज मोरङको हरैँचामा पछिल्लो ६ घण्टामा १०६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । त्यस्तै, सप्तरीको रूपनी बजारमा १६८.८ मिलिमिटर वर्षा भएको छ ।

सिन्धपाल्चोकको बाहुनेपाटी केन्द्रमा ८०.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुनसरीको धरान बजारमा ८७, मोरङको केराबारीमा ७९.२, सिन्धुपाल्चोकको ढुंगेमा ७३.४ मिलिमिटर वर्षा भएको छ ।

अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Skip This
Skip This
Logo