बाढीका कारण अवरुद्ध सडक खुलाउन वडाध्यक्षहरू सक्रिय

बाढीका कारण अवरुद्ध सडक खुलाउन वडाध्यक्षहरू सक्रिय

केन्द्रबिन्दु
6
Shares

रामेछाप । खाँडादेवी गाउँपालिकामा वर्षाको कारण आएको बाढी पहिरोले अधिकांश स्थानीय सडक बिगारेको छ । बाढी पहिरोले सडक बिगारेर यातायात साधन ठप्प भएपछि सडक खुलाउन गाउँपालिका तथा वडाध्यक्षहरू लागेका छन् । बाढीका कारण अवरुद्ध भएका खाँडादेवी–३ का विभिन्न सडक खुलाउने कार्य जारी छ ।

सो क्रममा सित्खा–आँपचौर–रायगाउँबाट खाँडादेवी मन्दिर हुँदै जाने सडकका विभिन्न अवरोध हटाएर खुल्ला गरिएका छ । कतिपय स्थानमा मान्छे र पशुवस्तु समेत हिँड्न नसक्ने गरी बिग्रिएको सडक जेसीबी लगाएर मर्मत गरिएको वडाध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिए ।

यसैगरी भिरपानीबाट मझुवा जाने सडकको अवरोध पनि हटाउने काम भएको उनले बताए । वडाका अधिकांश सडक बढी पहिरोले बिगारेकोले क्रमशः अवरोध हटाएर सडक खुलाउँदै लैजाने कार्कीले जानकारी दिए ।

बाढी पहिरोले क्षति पुर्‍याएको वडा नं ८ र ९ का सडक पनि मर्मत भइरहेका छन् । ती सडकमा बाढी पहिरोले पुर्‍याएको अवरोध हटाउन वडाध्यक्ष लगायत स्थानीय तहका जनप्रतिनिधिहरू लागिरहेका छन् ।

सो गाउँपालिकाका नौवटै वडाका सडकहरू बाढी पहिरोको कारण अवरुद्ध भएका छन् । अवरुद्ध भएका सबै सडकहरू क्रमशः खुलाइने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । ‘बाटो सबै खुलाउने हो, तर ठूलो पानी आयो भने फेरि उस्तै हुने सम्भावना छ, तथापि तत्कालका लागि सबै सडक यातायात साधन चल्न सक्ने गरी मर्मत गर्छौँ’, उनले भने ।

Skip This
Skip This
Logo