जुम्लाका दुई सय ५० बालबालिकालाई खाद्यान्न वितरण

जुम्लाका दुई सय ५० बालबालिकालाई खाद्यान्न वितरण

केन्द्रबिन्दु
6
Shares

जुम्ला । तातोपानी गाउँपालिकाभित्रका दुई सय ५० बालबालिकालाई किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाअन्तर्गत खाद्यान्न वितरण गरिएको छ ।

यहाँ आयोजित एक कायर्यक्रममा गाउँपालिका आठवटै वडाका बालबालिकालाई खाद्यान्न वितरण गरिएको परियोजनाका संयोजक प्रकाशबहादुर शाहीले जानकारी दिए । सो परियोजनाले यसअघि यहाँका दुई सय ८५ बालबालिकालाई शैक्षिक सामग्री पनि प्रदान गरेको थियो ।

गाउँपालिको समन्वय र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा उनीहरुलाई जनही २५ केजी चामल, पाँच लिटर तेल, पाँच केजी दाल, दुई प्याकेट नुनलगायत खाद्यान्न वितरण गरिएको संयोजक शाहीले बताए ।

Skip This
Skip This
Logo