काठमाडौँ । बुटवलमा छाडा साँढेले हानेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
साउन २० गते डेरीमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी थिइन् । गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी उनी बुटवल उपमहानगरपालिका–३ पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।
प्रतिक्रिया