आज श्रावणको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको घुइँचो [LIVE]

आज श्रावणको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको घुइँचो [LIVE]

केन्द्रबिन्दु
27
Shares

आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुनाका साथै परिवारमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

Logo