सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ को थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । विज्ञहरू सहितको टोलीले शनिबार हेलिकप्टरबाट स्थलगत निरीक्षण गर्दा थामेभन्दा माथि रहेको हिमताल फुटेर बाढी आएको देखिएको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको निरीक्षण गरेको भिडिओमा थामे गाउँमाथिको खुम्बु क्षेत्रका एउटा ताल फुट्दा बाढी आएको देखिन्छ । उक्त क्षेत्रमा पाँच वटा ताल रहेका छन् । अरू तालहरू पनि जोखिममा छन् ।































प्रतिक्रिया