काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले पहिरोपीडित बझाङका वीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ । घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका उनको परिवारलाई राहत उपलब्ध गराइने मुख्यमन्त्री कमलबहादुर शाहले घोषणा गरेका हुन् ।
शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने शोक वक्तव्यमा उल्लेख गरेका छन् । गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका १० को टुमेडागाउँका वीरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो । धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।































प्रतिक्रिया