काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्ष पनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाएका छन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा देशभरबाट समूदायका व्यक्तिहरु भेला भएर कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि भेला भई गौरव यात्रा गरेका हुन् । गौरव यात्रामा सहभागी भई महिला तथा बालबालिकामन्त्री नवल किशोर सुडीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको हक अधिकारको सवालमा आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । उनले लैङ्गक अल्पसंख्यक समूदायको सम्पूर्णको अधिकारको लडाइमा सरकारको समर्थन गरेको विश्वास दिलाए ।
प्रतिक्रिया