गट्ठाघर दुर्घटनामा ट्रक चालकको लापर्बाही

गट्ठाघर दुर्घटनामा ट्रक चालकको लापर्बाही

केन्द्रबिन्दु
294
Shares

काठमाडौँ । भक्तपुरको गट्ठाघरमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले ट्रकचालकको लापर्बाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ । प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वको छानबिन समितिले दुर्घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र घटनास्थलमा तैनाथ ट्राफिक प्रहरीसँग सोधपुछलगायत प्राविधिक विषयमा कुराकानी गरेपछि यस्तो निष्कर्ष निकालेको हो ।

दुर्घटनाबारेको प्रतिवेदन मङ्गलबार उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यलाई बुझाइएको छ । ट्रक चालक सर्लाहीका सतेन्द्र श्रेष्ठले स्कुटरलाई आफूले नदेखेको र एक्कासि ट्रकमा ठोक्किएको आवाज आएपछि रोकेर हेर्दा मात्र दुर्घटना भएको देखिएको बयान दिएको बताइएको छ । साउन ३१ गते ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गाको चिसङ्खुगढी–४ का उत्तम कोइरालाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

Logo