सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा नाराबाजी

सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा नाराबाजी

केन्द्रबिन्दु
0
Shares

धनगढी । सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा तनाव उत्पन्न भएको छ । अपरेशन गरेर पहिलो सन्तान जन्माएकी रेखा थापाको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन्।

चैत २ गते अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालिका १२ जुगेडाकी २२ वर्षीया रेखा थापाको शुक्रबार मृत्यु भएको हो। चैत ४ गते अपरेशन गरेर पहिलो सन्तान जन्माएकी थापालाई चैत ६ गते जन्डिस देखिएको थियो।

शुक्रबार सेती अञ्चल अस्पतालले रेफर गरेपछि कोहलपुर लाने क्रममा रेखाको बाटोमै मृत्यु भएको हो। शिशुलाई भने सेती अञ्चाल अस्पतालमामै राखिएको छ। शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

सुत्केरीका आफन्तले भने शुक्रबार दिउँसो सेती अञ्चाल अस्पतालमा तोडफोड गर्दै आन्दोलन गरेका हुन्। उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र एक्कैचोटी रेफर गरेको भन्दै आपत्ति जनाएका हुन्।

Skip This
Skip This
Logo