नेपाल आयल निगमको डिपोमा कार्यरत कर्मचारीको कार्यालयमै हत्या

नेपाल आयल निगमको डिपोमा कार्यरत कर्मचारीको कार्यालयमै हत्या

केन्द्रबिन्दु
204
Shares

काठमाडौँ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा कार्यरत कर्मचारीको कार्यालयमै हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा रहेका छन् ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार आज बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादका क्रममा उनको हत्या भएको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ ।

आयल निगमका प्रवक्ता पूर्ण रिजालले जनकपुर डिपोमा घटना घटेको बारे जानकारी आएको बताएका छन् । करारमा कार्यरत कर्मचारीको सेवासुविधा लगायतका विषयमा रहेको विवादले उग्र रूप लिँदा घटना घटेको बताइएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo