२०८१ भदौ १६ देखि २२ गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।
तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुहाेस् । हामीले प्रदान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय प्रयाेग गर्नुभयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –
मेष राशि
मेष राशिका व्यक्तिहरूले यो साता नयाँ कार्य योजना बनाउनेछन् तर केही गर्न सक्ने छैनन्। यो साता तपाईंको कार्यस्थल होस् वा समाजमा जताततै ख्याति कमाउन सफल हुनुहुनेछ । करियर परिवर्तन गर्ने अवसर मिल्नेछ । व्यस्तताका बाबजुद पनि परिवार र साथीभाइलाई समय दिन सकिनेछ । व्यावसायिक जीवनमा प्रगति हुन सक्छ।
अपरिचित व्यक्तिको सहयोगले रोकिएका काम पूरा हुनेछन् । सामाजिक संघसंस्थामा सेवा गर्ने बारे सोच्न सक्नुहुन्छ। यो साता नजिकका साथीभाइसँग केही मुद्दामा मनमुटाव हुने सम्भावना छ । लेखन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो पुस्तक प्रकाशित गर्ने प्रयास गर्नेछन्।
यो साता तपाईंले आफ्नो सम्बन्धलाई अलि बलियो बनाउने प्रयास गर्नुपर्ने छ । यात्रा गर्ने योजना बन्नेछ तर कुनै न कुनै कारणले यात्रा रद्द गर्नुपर्नेछ। प्रेम जीवनमा अलि चिन्तित रहनेछ। कसैको प्रेम जीवनमा सम्बन्ध विच्छेदको सम्भावना रहेको छ ध्यान पुर्याउनु होला ।
यो साता लामो समयदेखि बन्द भएको व्यापारिक सम्बन्धलाई पुनर्जीवित गर्न सफल हुनुहुनेछ । आम्दानी, मान-सम्मान, पद र प्रतिष्ठामा केही मध्यम वृद्धि अवश्य हुनेछ। यो साता कुनै पनि साझेदार व्यापार नगर्नुहोस्, यो शुभ हुनेछैन । तपाईं अनलाइन प्लेटफर्महरूमा काम गर्नेलाई यो साता शुभ छ ।
उपाय- दुर्गा चालिसा नियमित पाठ गर्नुहाेस् । आइतबार आदित्य हृदयस्तोत्रको पाठ गर्नुहोस् ।
वृष राशि
यो साता यात्राको सम्भावना छ । कुनै न कुनै कारणले मानसिक समस्या आउन सक्छ । पैसाको लेनदेन नगर्नु होला। कुनै पनि सम्पत्ति खरिद गर्नु अघि कागजातहरू जाँच गर्नुहोस्, अन्यथा ठगीको सम्भावना हुने छ । वैदेशिक यात्रा गर्न चाहने व्यक्तिको लागि विदेश जाने सम्भावना छ ।
केही व्यक्तिलाई नयाँ काम मिल्ने सम्भावना छ । नयाँ व्यापार सुरु गर्नेहरूका लागि पनि यो साता शुभ छ । व्यापारी वर्गका लागि विशेषगरी कपडा र आभूषणको कारोबार गर्नेहरूका लागि यो साता लाभदायक हुनेछ ।
आम्दानीका नयाँ स्रोतहरू विकास हुनेछन्। मार्केटिङको राम्रो उपयोग गरेर, तपाईं आफ्नो उत्पादनहरु राम्रो बिक्री गर्न सक्षम हुनुहुनेछ । सरकारसँग सम्बन्धित व्यक्तिहरूले उच्च पद प्राप्त गर्नेछन्। दाजुभाइ तथा साथीभाइसँगको मतभेदको अन्त्य हुनेछ । साहित्य र कलामा विशेष रुचि रहनेछ । सन्तान नभएका महिलाले गर्भधारणमा सफलता पाउन सक्छन् । दुर्घटनाको सम्भावना छ. ध्यानपूर्वक सवारीसाधन चलाउनु होला । पारिवारिक मामिलामा पत्नीसँग घरपरिवारमा मतभेद हुनेछ।
उपाय- ॐ नम शिवाय नियमित १०८ जप गर्नुहाेस् ।
मिथुन राशि
मिथुन राशिका लागि यो साता धेरै हिसाबले लाभदायी रहनेछ । आम्दानी, मान-सम्मान, पद, प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यको पूर्ण सहयोग मिल्नेछ, आर्थिक लाभ धेरै तरिकाले हुन सक्छ । शेयर बजारबाट पैसा कमाउन सकिनेछ । बैंकिङ क्षेत्रको शेयरमा लगानी गर्नुपर्छ । कार्यस्थलमा अपेक्षित सफलता हात लाग्न सक्छ । व्यापारमा नयाँ सम्झौता हुन सक्छ । आईटी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले वांछित लाभ प्राप्त गर्नेछन्। कार्यस्थलमा स्थानान्तरण हुन सक्छ। विदेशबाट कामको प्रस्ताव आउन सक्छ।
यो साता करियरको दृष्टिकोणले प्रगतिशील साबित हुनेछ । कसैप्रति आकर्षित हुनुहुनेछ । तपाईं आफ्ना प्रेमी वा प्रेमिकासँग कुनै पनि मनपर्ने ठाउँ वा पर्यटक स्थलको यात्रामा जानु हुनेछ । परिवारका साथमा कुनै धार्मिक स्थलको भ्रमण वा धार्मिक गुरुसँग भेटघाट हुनेछ । मिडिया क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो जागिर परिवर्तन गर्न सक्छन्। साताको अन्त्यमा विशेष साथीसँग भेट हुनेछ। पुरानो सहकर्मी वा सहयोगीसँग भेटघाट हुनेछ।
व्यापार व्यवसायको सिलसिलामा यात्रा गर्नुपर्नेछ । तपाईको कार्यक्षेत्रमा तपाईको महिला साथीबाट पूर्ण सहयोग प्राप्त हुनेछ। नयाँ जिम्मेवारी पाउन सकिनेछ । नयाँ सवारी साधन खरिद गर्ने सम्भावना छ । व्यर्थका काममा समय खेर नफाल्नुहाेस् ।
उपाय- ॐ गम गणपताय नम नियमित जप गर्नुहाेस् ।
कर्कट राशि
यो साता कर्कट राशिका व्यक्तिहरूको लागि आफ्नो कार्य क्षेत्रमा बल प्राप्त गर्नका साथै नयाँ टोलीसँग काम गर्ने सम्भावना सिर्जना हुने छ । तपाईंको व्यक्तित्वमा धेरै सकारात्मक परिवर्तनहरू हुने छ, जसले गर्दा व्यक्तिगत सम्बन्धमा मधुरता बढ्नेछ । सामाजिक कार्यमा सहयोग मिल्नेछ ।
तपाईंको जीवनसाथीको नजरमा तपाईंको सम्मान बढ्नेछ। साताको मध्य भाग विशेष फलदायी रहनेछ। राजनीतिसँग सम्बन्धित व्यक्तिहरूले उच्च पद प्राप्त गर्न सक्छन्। आफ्नो क्षमताको कुशलतापूर्वक उपयोग गर्न सकिनेछ । शेयर बजारमा लगानी गर्दा लाभ हुनेछ । शिक्षामा धन खर्च गर्न सकिनेछ ।
तपाईंले भौतिक सुविधा बढाउने वस्तुहरू खरिद गर्ने योजना बनाउनु हुनेछ । संगीत वा नृत्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको लागि धेरै खुसी हुनेछ, उनीहरूको नाम प्रसिद्ध हुनेछ र आर्थिक लाभ पनि हुनेछ । सरकारी जागिर गर्नेहरूका लागि आर्थिक लाभको सम्भावना छ । कम्प्युटर क्षेत्रका केही व्यक्तिको जागिर जोखिममा हुने छ । साताको सुरुवात केही नकारात्मक रहनेछ । आर्थिक लेनदेनमा अनियमितता हुनसक्छ । महत्त्वपूर्ण सम्झौताहरू अचानक रद्द हुन सक्छ।
उपाय- प्रत्येक दिन ॐ नमः शिवाय मन्त्रको एक माला जप गर्नुहोस्।
सिंह राशि
सिंह राशिका लागि यो साता निकै शुभ रहनेछ । सहकर्मी र कर्मचारीबाट राम्रो सहयोग मिल्नेछ । व्यवसायमा तपाईको कडा परिश्रमले उत्कृष्ट नतिजा दिनेछ। नोकरी गर्नेहरूले आफ्नो मालिकबाट प्रशंसा पाउनेछन्। प्रियजनसँग भेटघाट हुनसक्छ । समयमै सबै काम सजिलै सम्पन्न हुनेछन् । नयाँ कामको थालनी गर्न प्रेरणा मिल्नेछ। लक्ष्य प्राप्तिका लागि पूर्ण समर्पण र मेहनतका साथ काम हुनेछ। आफ्नो क्षमता र श्रोतको सदुपयोग गर्न सकिनेछ ।
तपाईं साताको अन्त्य मनोरञ्जनात्मक कार्यमा समय बित्नेछ ।काममा आफ्नो मालिक तथा हाकिम सँग बहस नगर्नुहोस्। बुधवार र बिहीबार तपाईंको लागि धेरै लाभदायक हुनेछ। तपाईंका सबै काम सफल हुनेछन् र जुन काम रोकिएको थियो त्यो पनि पूरा हुनेछ। तपाईंले लगानी गरेको पैसाले राम्रो लाभ हुनेछ। तपाईंले घर वा जग्गा किन्न सक्नु हुनेछ ।
सरकारी ठेक्का लिनेहरूका लागि राम्रो समय चलिरहेको छ, सरकारबाट ठेक्का पाउने सम्भावना छ। आमाको स्वास्थ्य बिग्रन सक्छ। आइतबार तपाईंले बजेटभन्दा बढी खर्च गर्नुपर्नेछ। मनमा दुखको भावनालाई विकास गर्न नदिनुहोस्। कसैलाई आँखा चिम्लिएर विश्वास नगर्नुहोस्। विवाहेत्तर सम्बन्धबाट टाढा रहनुहोस्। तपाईंले आफ्नो नशाको लत नियन्त्रण गर्नुहोस्, अन्यथा तपाईं अपमानित हुनुहुनेछ ।
उपाय- ॐ नम शिवाय एक माला नियमित जाप गर्नुहोस् ।
कन्या राशि
यो साताको सुरुवात निकै सुखद् रहनेछ । तपाईंको व्यक्तित्व आकर्षक हुनेछ। रोजगारीका लागि यो साता राम्रो रहनेछ । केही समयदेखि चलिरहेको काममा आएको बाधा हट्नेछ । आफ्नो लक्ष्यमा केन्द्रित रहनुप्रने छ । चिकित्सा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि समय राम्रो रहनेछ । तपाईंको सामाजिक हैसियत उच्च रहनेछ। व्यापारमा सोचे अनुसार लाभ मिल्नेछ । प्राविधिक क्षेत्रका विद्यार्थीहरूले जागिरको प्रस्ताव प्राप्त गर्न सक्छन्। दाम्पत्य जीवन धेरै राम्रो हुनेछ। विद्यार्थीहरूले उच्च शिक्षामा ठूलो सफलता मिल्नेछ। तपाईंको भाग्य कमजोर रहनेछ । यात्रा गर्दा समस्याको सामना गर्नु पर्नेछ, सामान चोरी हुन सक्छ।
आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस्, धेरै बोल्दा विवाद बढ्नसक्छ । दाजुभाइबाट सहयोग मिल्नेछ । तपाईंका साथीहरूले पूर्ण सहयोग गर्नेछन्। तपाईं साझेदारी व्यवसाय गर्ने योजनामा हुनुहुन्छ भने नगर्न सल्लाह दिइन्छ । घरमा रहेका कुनै पनि इलेक्ट्रोनिक वस्तुहरु बिग्रन सक्छ । मंगलबार र बुधबार तपाईंले लेनदेन वा ऋण सापटी दिनुहुँदैन । सोमबार अचल सम्पत्तिको खरिदबिक्रीमा अलिकति सजग रहनुहोला । सवारी साधन सावधानीपूर्वक ड्राइभ गर्नुहोस् ।
उपाय- ॐ नमो भगवते बासुदेबाय नियमित जप गर्नुहाेस् ।
तुला राशि
यो साता तुला राशिका व्यक्तिहरुले सबै मनोकामना पूरा गर्न सक्नेछन् । तपाईंको यात्रा रमाइलो र आनन्दले भरिपूर्ण रहनेछ। तपाईं सुन, चाँदीका गहना किन्न सक्नुहुन्छ । आर्थिक नोक्सानीको सामना गर्नुपर्नेछ ध्यान दिनुहोला । छोराछोरीको करियर र शिक्षामा बाधाहरू हट्नेछ विदेश पढाईको लागि जान भिसा लाग्ने छ ।
नयाँ गाडी किन्नु हुने छ । घरका ठूला व्यक्तिहरुको सम्मान गर्नुहोला । घरमा धार्मिक कार्य गर्न सकिनेछ । यो साता बहुमूल्य उपहार प्राप्त हुने सम्भावना छ । समझदारीपूर्वक समस्या समाधान हुनेछ । दाम्पत्य जीवनमा राम्रो मेलमिलाप रहनेछ। शत्रुहरुको योजना असफल हुनेछ । विगतका कमजोरीहरूबाट सिक्ने प्रयास गर्नुहोस्।
स्वार्थी मानिसहरूबाट टाढा रहनुहोस्। नयाँ काम खोज्नेहरूका लागि यो शुभ समय हो, उनीहरूले आफ्नो मनपर्ने ठाउँमा काम पाउन सक्छन्। कार्यस्थलमा पदोन्नति हुने समय छ । अनावश्यक बहसबाट टाढा रहनुहोस्। बृद्धबृद्धाहरुलाई माया गर्नुहाेस् । अनावश्यक खर्चबाट बच्नुहोला । पुराना रोगहरु दोहोरिने सम्भावना छ स्वास्थमा ध्यान दिनु होला ।
उपाय- ॐ गम गणपताय नम नियमित जाप गर्नुहाेस् ।
वृश्चिक राशि
यो साता निकै राम्रो रहनेछ । समाजमा तपाईंको मान सम्मान बढ्नेछ । परिवारमा सुख शान्तिको वातावरण रहनेछ । भविष्यका लक्ष्यहरू बारे योजनाहरू बनाइनेछ। सन्तानको उपलब्धिले हौसला मिल्नेछ । साताको मध्यमा व्यापारमा राम्रो लाभ मिल्नेछ। तपाईको व्यक्तित्वमा सुधार आउनेछ। धार्मिक कार्यमा सक्रिय रहनेछ ।
अफिसमा, तपाईंको हाकिमले तपाईंलाई केही ठूलो जिम्मेवारी सुम्पन सक्नुहुन्छ । व्यापार व्यवसायमा आर्थिक लाभको सम्भावना छ । पारिवारिक मामिलामा तपाईको पक्षमा रहनेछ। तपाईंले अनलाइन व्यापारमा धेरै राम्रो अवसरहरू पाउनुहुनेछयो साता वृश्चिक राशिका व्यक्तिहरूले शत्रुमाथि विजय हासिल गर्नेछन् । मुद्दा मामिलामा विजय प्राप्त हुनेछ। लामो समयदेखि चल्दै आएको जग्गा विवाद समाधान हुनेछ । शनिको प्रभावले समस्या आउनेछ ।
दैनिक आम्दानीमा वृद्धि हुने सम्भावना छ । आफ्नी श्रीमतीसँग विवाद नगर्नुहोस् र सद्भाव कायम राख्नुहोस्। घरमा दिदीबहिनीको विवाह पक्का हुने सम्भावना छ । साझेदारी व्यवसायमा विवादको सम्भावना छ । आर्थिक समस्याका कारण मनपर्ने वस्तु खरिद गर्न सकिनेछैन । तपाईंले नयाँ व्यक्तिहरूलाई भेट्न सक्नुहुन्छ जसले भविष्यमा तपाईंको व्यवसाय वा कार्यस्थललाई बलियो बनाउन मद्दत गर्नेछ। प्राविधिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो जागिर परिवर्तन गर्न सक्छन् । रोजगारी भएका व्यक्तिहरूले आफ्नो मेहनतको उचित फल प्राप्त गर्नेछन् । सरकारी सेवामा आबद्ध व्यक्तिहरूले केही असुविधाको सामना गर्नुपर्नेछ । बुबासँगको व्यवहार राम्रो राख्नुहाेस् ।
उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुहाेस् ।
धनु राशि
यो हप्ता तपाईंले आफ्नो काम राम्ररी गर्नुहुनेछ । यो साता धेरै राम्रो रहनेछ। भावनाको सट्टा बुद्धि प्रयोग गरेर निर्णय लिनुहोस् । हरेक काम इमानदारी र शैलीका साथ गर्ने प्रयास हुनेछ । शेयर तथा शेयर बजार सम्बन्धी काममा लाभ मिल्नेछ । यो साता धनु राशि हुनेहरूले धार्मिक क्षेत्रसँग सम्बन्धित काम तनमनले गर्नेछन् ।
बुद्धिका कारण समाजमा मान-सम्मान मिल्नेछ । मानिसहरूलाई मद्दत गर्ने प्रयास गर्दा तपाईंले आर्थिक नोक्सान ब्यहोर्नु पर्नेछ । धेरै जिद्दी गरे सम्बन्ध बिग्रन्छ । अध्ययन गर्नेहरूले बढी ध्यान दिनु आवश्यक छ, उनीहरूलाई धेरै अल्छी लाग्नेछ । साताको सुरुमा केही समस्याको सामना गर्नुपर्नेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला ।
आलस्यका कारण राम्रो अवसर गुम्न सक्छ । अनावश्यक खर्चको सामना गर्नुपर्नेछ । लगानी गर्नु अघि अवश्य सोच्नुहोस्, यो साता समय शुभ रहने छैन, धन हानि हुनेछ। विदेश यात्राको सम्भावना छ । व्यापारिक कामको लागि यात्रा पनि हुनसक्छ ।
उपाय- आदित्य हृदयस्त्रोत नियमीत पाठ गर्नुहाेस् ।
मकर राशि
यो साता नयाँ काम गर्न, नयाँ काममा संलग्न हुने, संयुक्त रूपमा कुनै काम गर्ने योजना छ भने मंगलबारपछि मात्र गर्नुहाेस् । कार्यस्थलमा ठूलो उपलब्धि हात पार्न सकिनेछ । पुरानो लगानीबाट प्रशस्त लाभ मिल्नेछ । दाम्पत्य तथा पारिवारिक जीवन सुमधुर रहनेछ। प्रेम गर्नेहरुका लागि साता राम्रो रहनेछ । व्यापारिक यात्रा भविष्यमा धेरै लाभदायक हुनेछ। सरकारी जागिरको तयारी गर्ने व्यक्तिलाई सफलता मिल्ने सम्भावना छ । न्याय क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले नयाँ मुद्दाहरू पाउनेछन् र पुराना मुद्दाहरूमा पनि विजय प्राप्त हुनेछ । कपडाको व्यापार गर्नेहरूले बिक्री र आर्थिक लाभ पनि बढ्नेछ।
नयाँ अवसर मिल्नेछ र नयाँ योजनामा काम सुरु हुनेछ। घरमा सुख शान्तिको वातावरण रहनेछ। तपाईंलाई मानिसहरूले आलोच्ना गरे पनि केही साहसी निर्णयहरू लिन बाध्य हुनुहुनेछ । तपाईं घरको भित्री भागमा परिवर्तन गर्ने बारे सोच्न सक्नुहुन्छ। व्यक्तिगत र व्यवसायिक जीवनमा सन्तुलन कायम राख्ने प्रयास हुनेछ ।
साताको अन्त्य निकै सुखद रहनेछ । व्यापारमा केही अनिच्छुक सम्झौता गर्नु पर्ने हुन सक्छ।गाईको सेवा गर्ने वा गाईको दूधको व्यापार गर्ने व्यक्तिले धार्मिक पुण्यको प्राप्त सङै धन पनि कमाउनेछन। अर्गानिक उत्पादनको व्यापार तपाईका लागि बढी लाभदायक हुनेछ। विवादबाट बच्न सल्लाह दिइन्छ । अनावश्यक बहसमा फस्नबाट जोगिनको लागि तपाईं सतर्क हुनुपर्छ ।
उपाय- नियमित हनुमान चालिसाको पाठ गर्नुहाेस् ।
कुम्भ राशि
कुम्भ राशिका अविवाहितहरुका लागि याे साता निकै राम्रो रहनेछ । सबै प्रकारका काममा सफलता मिल्नेछ । साताको प्रारम्भिक दिनहरु तपाईंका लागि निकै शुभ रहने छन् । बिग्रिएको काम अचानक बन्नेछ । पैसा र करियरमा तपाईं भाग्यशाली हुनुहुनेछ। तपाईंले व्यापारमा केही नया गर्ने सोच्न सक्नुहुन्छ। तपाईंले सजिलै पेन्डिङ भुक्तानी प्राप्त गर्नुहुनेछ। केही महत्वपूर्ण निर्णय लिन सकिनेछ। आफ्नो मेहनतमा विश्वास राख्नुहोस्। धन आर्जनसँगै आनन्दको अनुभूति हुनेछ ।
मंगलबार केही चिन्ता बढ्नेछ र अपमान हुने सम्भावना छ सजग रहनु होला । तपाईंको बुबालाई रोगले सताउन सक्छ, जसका कारण डाक्टर र अस्पताल जानुपर्नेछ। घरजग्गा कारोबार गर्नेहरूका लागि समय ठीक छैन ।तपाईंले आफ्नो पत्नीसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्नुपर्छ, जसले तपाईंको दैनिक आम्दानीलाई बलियो बनाउनेछ। कम्प्युटर क्षेत्रसँग आवद्ध व्यक्तिले बढी काम गर्नुपर्नेछ । आफ्नो आर्थिक स्थिति बलियो बनाउन नयाँ योजनामा लगानी गर्नुहोस् ।
व्यक्तिगत जीवनको गोपनियता कायम राख्नु अति आवश्यक छ। आफ्नो अहंकार त्याग गर्नुहोस् । तपाईंको प्रेम सम्बन्धमा जतिसुकै विवाद चलिरहेको छ, सम्बन्ध टुट्नेसम्म भाको छ भने शुक्रबारदेखि सबै ठीक हुनेछ । तपाईंलाई आफ्नो बोलीमा नियन्त्रण राख्न र कठोर शब्दहरू प्रयोग नगर्न सल्लाह दिइन्छ ।
उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुहाेस् ।
मीन राशि
यो साता मीन राशिका व्यक्तिहरूले नयाँ योजना बनाउनेछन् तर त्यसलाई कार्यान्वयन गर्न सक्ने छैनन्। विवाह नगरेको व्यक्तिको विवाह हुने सम्भावना छ । तपाईंको आत्मविश्वास र साहस उच्चस्तरमा हुनेछ । काममा तपाईंको प्रभुत्व बढ्नेछ। साताको सुरुवात तपाईंका लागि धेरै भाग्यशाली सावित हुनेछ । कुनै शुभ समाचार प्राप्त हुनाले तपाईंको उत्साह धेरै गुणा बढ्नेछ ।
निर्माणसम्बन्धी कार्यले गति लिनेछ । तपाईंको प्रभावकारी संचार शैली प्रयोग गरेर, तपाईंले परिस्थितिहरूलाई आफ्नो पक्षमा बदल्नुहुनेछ। यदि तपाईं नयाँ घर किन्ने योजनामा हुनुहुन्छ भने, यो साता धेरै अवसरहरू प्राप्त हुन सक्छ । दाजुभाइसँग वैचारिक मतभेद हुन सक्छ । कामको साथसाथै आराममा पनि पर्याप्त ध्यान दिनुपर्छ ।
पुरानो उधारो रकम यो साता प्राप्त हुनेछ । दिदीबहिनी वा दाजुभाइबाट पूर्ण सहयोग मिल्नेछ । धार्मिक कार्यमा सहभागी हुने सम्भावना छ । साताको अन्त्यमा स्वास्थ्यसम्बन्धी समस्याहरूको सामना गर्नुपर्नेछ । सवारी चलाउँदा सावधानी अपनाउन जरुरी छ ।
उपाय- शिब चालिसा नियमित पाठ गर्नुहाेस् ।































प्रतिक्रिया