काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । थप १ हजार ५ सय अमेरिकी डलरसहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने २८ वर्षीय आशिष खाती क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हाे ।
नेपाल एयरलाईन्सको उडानद्वारा दुवाई जान लागेका क्षेत्रीलाई जाँच गर्ने क्रममा उक्त रकमसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





























प्रतिक्रिया