काठमाडौँ । सीतापाइला–धार्के सडकखण्ड फेरि १५ दिन गरिने भएको छ । यही कात्तिक २३ देखि १५ दिनसम्म सडक स्तरोन्नतिका निम्ति बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी गराएको छ ।
सडकखण्डमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने र हलुका (चारपांग्रे) बाहेकका सबै प्रकारका सवारीसाधनलाई पूर्ण रूपमा रोकिने जिप्रकाले जनाएको छ ।
काठमाडौंको सीतापाइलादेखि धादिङ धार्केबजारसम्मको उक्त सडकखण्डको दूरी २४ किलोमिटर छ । यसअघि पनि कात्तिक ६ देखि १२ गतेसम्म पनि उक्त सडकखण्ड कालोपत्रका निम्ति बन्द गरिएको थियो ।






























प्रतिक्रिया