२०८१ कार्तिक २५ देखि मंसिर १ गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।
तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुहाेस् । हामीले प्रदान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय प्रयाेग गर्नुभयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –
मेष राशि
यो साता आफ्नो बोली र व्यवहारमा धेरै नियन्त्रण राख्नुपर्ने देखिन्छ । तपाईंले यो साता ध्यान राख्नु पर्छ कि तपाईंको शब्दले तपाईंको भाग्य बनाउँछ वा तोड्छ । बिचार गरेर मात्र शब्द चयन गर्नुहोला । यस्तो अवस्थामा जीवनको हरेक क्षेत्रमा अपेक्षित सफलता हासिल गर्न बुद्धि र विवेक प्रयोग गर्दै धेरै धैर्यताका साथ अगाडि बढ्नुपर्छ ।
यो साता तपाईंको कार्यस्थलमा नयाँ परियोजनाको काम सुरु हुनसक्छ । सहकर्मीबाट सहयोग मिल्नेछ, जसले प्रगतिको सम्भावना बढ्नेछ । जागिरमा स्थिरता रहनेछ र पदोन्नतिको अवसर मिल्नेछ । साताको मध्यमा धन खर्च बढ्नेछ र घरेलु चिन्ताले घेर्नेछ। व्यापार व्यवसायसँग सम्बद्ध व्यक्तिहरूका लागि साताको दोस्रो भाग पहिलो भागको तुलनामा धेरै शुभ र लाभदायक रहनेछ। यस्तो अवस्थामा यस समयमा व्यापार सम्बन्धी निर्णय वा सम्झौताहरू लिनु उपयुक्त हुनेछ।
यो साता अनावश्यक पैसा खर्च नगर्नुहोला । श्रीमान्–श्रीमतीबीच मनमुटाव हुनसक्छ । स्वास्थ्यको लागि यो साता राम्रो छैन, ध्यान दिनुहोला ।
उपाय- हरेक दिन १०८ पटक ‘ॐ नमः शिवाय’ जप गर्नुहोस्।
वृष राशि
यो साता वृष राशिका व्यक्तिहरुको करियर तथा ब्यापारको लागि शुभ रहनेछ भने स्वास्थ्य तथा सम्बन्धका लागि अलि अप्ठेरो रहनेछ । साताको शुरुमा तपाईले आफ्नो जागिर वा व्यवसायको सिलसिलामा लामो वा छोटो दुरीको यात्रामा जानुपर्ने हुनसक्छ। यात्राले इच्छित लाभहरू ल्याउने साबित हुनेछ।यात्राको क्रममा प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विकास हुनेछ। तपाईंको नाफा प्रतिशत बढ्नेछ र तपाईंको आर्थिक स्थिति सुधार हुनेछ। काममा गतिशीलता रहनेछ ।
यो साता तपाईंले रोजेको कामको प्रस्ताव पाउन सक्नुहुन्छ। विदेश यात्राको सम्भावना पनि छ । यो साता लिइएका निर्णयहरु तपाईको पक्षमा हुनेछन् । यस अवधिमा कार्यक्षेत्रमा तपाईंको जिम्मेवारी बढ्न सक्छ । सेयर बजारसँग सम्बन्धित व्यवसायीलाई आकस्मिक लाभ हुने सम्भावना छ । करियरमा उत्कृष्ट अवसर प्राप्त गर्न सकिनेछ ।
स्वास्थ्य र सम्बन्धको दृष्टिकोणले वृष राशिका व्यक्तिहरूले यो साता सजग रहनुपर्नेछ। साताको उत्तरार्धमा दाजुभाइ वा दिदीबहिनीसँग कुनै विषयमा मतभिन्नता हुनसक्छ तर कुनै पनि हालतमा झगडा मा परिणत नहोस् भन्ने कुरामा ध्यान दिनुहोला । आवेगमा ठूला निर्णयहरू नगर्नुहोस्। वर्तमान नकारात्मक परिस्थितिबाट निराश नहुनुहोस् । अपमानजनक परिस्थितिको सामना गर्नु पर्नसक्छ।
उपाय- दैनिक दुर्गा चालिसा पाठ गर्नुहोस्। कमिलालाई चिनी आटा राख्दिनुहाेस् ।
मिथुन राशि
यो साता निकै शुभ रहनेछ । लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्। घरमा शुभ कार्यक्रम हुनेछन् । प्रियजनसँग भेटघाट गर्ने अवसर मिल्नेछ। यदि तपाई काम गर्ने व्यक्ति हुनुहुन्छ भने नयाँ सहकर्मीको सहयोगमा तपाईलेसमय भन्दा पहिले आफ्नो लक्ष्य पूरा गर्न सक्नुहुनेछ।
तपाईंको रचनात्मक रूचीले बढावा पाउनसक्छ । व्यवसायमा सूचना प्रविधिको प्रयोग गर्न सकिन्छ । अविवाहितलाई प्रेम प्रस्ताव आउन सक्छ । अदालती मुद्दामा सफलता मिल्नेछ । व्यापारिक निर्णयका लागि अरूको भर पर्नुहुँदैन । मनमा धार्मिक विचारको प्रभाव रहनेछ। आम्दानीका नयाँ स्रोतहरू विकसित हुन सक्छन्। मिडिया र व्यवस्थापनसँग सम्बद्ध व्यक्तिहरूले विशेष लाभ प्राप्त गर्ने सम्भावना छ।
यो साता ठुलो पद वा महत्वपूर्ण जिम्मेवारी पाउन सकिनेछ । यदि तपाईं व्यवसायी हुनुहुन्छ भने बजारमा अड्किएको तपाईंको पैसा अचम्मको तरिकाले आउनेछ । साझेदारीमा व्यापार गर्ने व्यक्तिहरू बीचको लेनदेन समाधान हुनेछ । महिला व्यवसायीहरूले साताको उत्तरार्धमा प्रगतिको ठूलो अवसर प्राप्त गर्नसक्छ । यस अवधिमा कामको सिलसिलामा गरिएको यात्रा रमाइलो हुनेछ र इच्छित लाभ प्रदान गर्नेछ।
साताको मध्यमा विलासितामा धेरै पैसा खर्च गर्न सकिनेछ। अविवाहितको विवाह तय हुन सक्छ। राजनीतिमा संलग्न व्यक्तिहरूले अपमानको सामना गर्नुपर्ने हुन सक्छ। मानिसहरूले तपाईंको भावनाको मजाक बनाउन सक्छन्।
उपाय- विष्णु सहस्त्रनामको नियमित पाठ गर्नुहाेस् । गाईलाई चारो खुवाउने गर्नुहाेस् ।
कर्कट राशि
यो साता शुभ रहने छ । साताको प्रारम्भमा करियर वा व्यवसायसँग सम्बन्धित केही शुभ समाचार प्राप्त हुन सक्छ । तपाईंले जीवनको हरेक क्षेत्रमा वांछित सफलता प्राप्त गरेको देख्नुहुनेछ, तर तपाईंले उत्साहको कारण होश गुमाउनबाट पनि बच्न आवश्यक छ। दाजुभाइसँगको सम्बन्ध मधुर रहनेछ । शत्रु आफ्नो मनसायमा सफल हुने छैनन् । चिकित्सा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि समय राम्रो रहनेछ। कार्यस्थलमा सहकर्मीसँग समन्वय बढ्नेछ। उच्च शिक्षामा प्रगति हुनेछ। विद्यार्थीहरूले परीक्षाको नतिजामा सफलता पाउन सक्छन्।
यो साता व्यापार व्यावसायका बाधाहरु हट्न सक्नेछन् । साताको अन्त्यमा अधुरा काम पुरा हुनसक्छ । काममा ठूलो जिम्मेवारी पाउन सकिनेछ ।व्यवसायी हुनुहुन्छ, पुराना ग्राहकहरूले तपाईंलाई यसमा धेरै मद्दत गर्न सक्छन्। स्वास्थ्य राम्रो रहनेछ र साहस बढ्नेछ। सावधानीपूर्वक सवारी साधन चलाउनुहोस् र हतारमा कुनै पनि ठूला निर्णयहरू नगर्नुहोस्। घरमा धार्मिक शुभकार्यको आयोजना हुनेछ ।
महिलाहरुको विवादमा नबोल्नुहोस्। घरमा ज्येष्ठ नागरिकको स्वास्थ्यमा सम्स्याआउन! छ । दाम्पत्य जीवन सुखमय रहनेछ तर जीवनसाथीसँग मनमुटाव हुन सक्छ। शब्द छनोटमा होसियार हुनुपर्छ।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् । गरिबलाई भोजन वा कपडा दान गर्नुहाेस् ।
सिंह राशि
यो साता आलस्य र घमण्डबाट बच्न आवश्यक छ । साताको पहिलो भागमा आफ्नो स्वास्थ्य र करियरमा लापरवाही गर्नुहुँदैन अन्यथा आर्थिक तथा शारीरिक समस्याको सामना गर्नु पर्नेछ। व्यवसायमा संलग्न हुनुहुन्छ भने जोखिमपूर्ण लगानीबाट बच्नुहोला अन्यथा घाटा बेहोर्नु पर्नेछ ।तपाईको दैनिक दिनचर्या यो हप्ता धेरै राम्रो हुनेछ।
विवेक र दूरदर्शिताका साथ लिएका निर्णयहरू भविष्यमा लाभदायक साबित हुनेछन् । खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि साता शुभ रहनेछ। प्रेम सम्बन्धमा धेरै रोमान्स रहनेछ।
साताको अन्तयमा तपाईंको आम्दानी बढ्ने सम्भावना छ।आफ्नो काम भोलि गर्छु भन्नुको सट्टा आज नै अतिरिक्त समय दिनुहोस् र समयमै पूरा गर्ने प्रयास गर्नुहोस्। यो साता कुनै पनि कामलाई हृदयदेखि स्वीकार गर्नुहोस् र अल्छि नहुनुहोस् । बैंकसँग सम्बन्धित काम बाँकी छन् भने पूरा हुने सम्भावना छ ।
यो साता तपाईंको नेतृत्व क्षमताको प्रशंसा हुनेछ । करियरमा उन्नति र नयाँ अवसरको सम्भावना छ । तपाईंले ऊर्जाको कमी महसुस गर्न सक्नुहुन्छ, तर नियमित व्यायामले तपाईंको स्वास्थ्यमा सुधार ल्याउनेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला । अनावश्यक यात्रा नगर्नुहोस्।
उपाय- आदित्य हृदय स्तोत्र नियमित पाठ गर्नुहाेस् । सूर्यदेवलाई जल चढाउनुहाेस् ।
कन्या राशि
यो साता करियर र ब्यापारको लागि शुभ रहनेछ । साताको पहिलो भागमा तय गरिएका काम समयमै पूरा हुनेछन्। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ। तपाईंले केही महत्त्वपूर्ण मामिलामा अपेक्षित सफलता पाउनुहुनेछ।
साताको सुरुवात शुभ समाचारले हुनसक्छ । भाग्यबाट पूर्ण सहयोग मिल्नेछ । बुद्धिजीवीहरुको संगत मिल्नेछ । रोजगारीको खोजीमा रहेका युवाहरुको प्रयास सफल हुनेछ । सम्पति तथा सवारी साधन लगायतका विषयमा लाभ मिल्नेछ । व्यापार व्यवसायमा केही आविष्कार गर्ने योजना बनाउन सक्नुहुन्छ। महिलाहरुका लागि यो साता विशेष फलदायी रहेको छ ।
यस अवधिमा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो व्यापारमा उल्लेखनीय नाफा कमाउनेछन् र उनीहरूले बजारको उतार चढाब्को फाइदा उठाउन सक्नेछन्। जग्गा, भवन वा सवारी साधनको खरिद–बिक्रीको मनोकामना पूरा हुनेछ । कार्यस्थलमा नयाँ जिम्मेवारी पाउनु हुनेछ मन खुशी रहने छ ।
कसैलाई विश्वास गरेर लगानी नगर्नुहोस्। विवाह योग्य व्यक्तिहरूको विवाह निश्चित हुन सक्छ। प्रेमी–प्रेमिकासँग विवाद चलिरहेको छ भने त्यसको समाधानका लागि आफैले पहल गर्नुपर्छ र विवादको सट्टा संवादबाटै कुराको समाधान गर्नुपर्छ । आफ्नो वैवाहिक जीवनलाई सुखी राख्नको लागि, तपाईंले आफ्नो जीवनसाथीको अपेक्षालाई बेवास्ता गर्नुहुँदैन । यो साता घर बाहिरको खाना नखानुहाेस् ।
उपाय- ॐ गम गणपताय नमः नियमित १०८ जप गर्नुहाेस् ।
तुला राशि
यो साता इच्छित लाभ र सफलता ल्याउने साबित हुनेछ । तपाईंको मिहिनेतले फल दिनेछ र विशेष काममा ठूलो सफलता मिल्नेछ । रोजगारीमा रहेकाले प्रगति र बेरोजगारले रोजगारी पाउनेछन् । उपभोग्य वस्तुको व्यापार गर्नेहरुका लागि यो साता निकै शुभ रहनेछ ।
साताभर शान्तिपूर्ण र रमाइलो रहनेछ। रोजगारी भएकाले नयाँ कामको अवसर मिल्नेछ । भौतिक सुखसुविधा बढ्नेछ। ठूला लगानीका लागि साता निकै शुभ रहनेछ । रोकिएका कामहरु यो साता अनुमोदन हुन सक्नेछन् ।
साथीभाइको सहयोगले व्यापारमा ठूलो अवसर मिल्नेछ । मानिसहरू तपाईंको व्यवहारबाट धेरै खुसी हुनेछन्। यदि तपाई विदेशमा करियर वा व्यवसायको खोजीमा हुनुहुन्छ भने तपाईंले यस दिशामा ठूलो सफलता पाउनुहुनेछ । दाम्पत्य जीवनमा समस्या समाधान हुनसक्छ ।
दाम्पत्य सम्बन्ध मधुर रहनेछ। प्रेम सम्बन्ध वैवाहिक सम्बन्धमा परिणत हुन सक्छ।अतिरिक्त वैवाहिक सम्बन्धबाट टाढा रहनुहोस्, अन्यथा तपाईं बदनाम हुन सक्छ।
उपाय- बिष्णु चालिसा नियमित पाठ गर्नुहाेस् ।
वृश्चिक राशि
यो साता कुनै पनि काम बिना सोचेर वा हतारमा वा दबाबमा नगर्नुहोला । कानुनी मामिला जित्न सकिनेछ। थप आर्थिक लाभको सम्भावना छ । यदि तपाईं व्यवसायमा संलग्न हुनुहुन्छ भने, व्यवसायसँग सम्बन्धित कुनै पनि ठूलो सम्झौता गर्नु अघि तपाईले आफ्ना शुभचिन्तकहरूको राय लिनु पर्छ र जोखिमपूर्ण लगानीबाट बच्नुपर्दछ। तपाईंको जीवनसाथीले आफ्नो करियरमा उत्कृष्ट अवसरहरू प्राप्त गर्नुहुनेछ ।
यो साता पुरानो ऋण चुक्ता गर्ने अवसर आउनसक्छ । यसले तपाईंको आत्म-विश्वास बढाउनेछ । आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। आर्थिक अवस्था सुधार गर्न ठूलो मात्रामा योजना बनाउन सकिन्छ । तपाईंको कामको बोझ कम हुनेछ। यो साता, रोजगारी भएका व्यक्तिहरूलाई अनावश्यक ठाउँमा सरुवा हुन सक्छ वा कामसँग सम्बन्धित थप जिम्मेवारीहरू हुन सक्छ। अतिरिक्त कामका कारण तपाईको व्यक्तिगत जीवन प्रभावित हुन सक्छ । आफ्नो व्यस्तताका कारण आफ्नो र आफ्नो परिवारको लागि समय निकाल्न नसक्दा अलिकति दुःखी हुनुहुनेछ।
यस अवधिमा तपाईंले कामको सिलसिलामा लामो वा छोटो दुरीको यात्रा गर्नुपर्ने हुन सक्छ । यात्राको समयमा, तपाईंले आफ्नो स्वास्थ्य र आफ्नो सामान दुवैको धेरै ख्याल राख्नु पर्नेछ, अन्यथा तपाईंले अनावश्यक समस्याहरूको सामना गर्नुपर्नेछ। प्रेमीसँग यात्राको योजना बन्नेछ।त्यसैगरी स्वास्थ्य र सम्बन्धमा पनि धेरै सावधानी अपनाउनुपर्नेछ ।
उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुहोस्।
धनु राशि
यो साता काममा नयाँ परियोजना प्राप्त गर्न सक्नुहुन्छ, जुन तपाईंको लागि लाभदायक हुनेछ । तपाईंको आफ्नो योजनाहरू साझा गर्नु अघि धेरै सोच्नुहोस्। समय, धन र शक्तिको व्यवस्थापन गर्नुपर्नेछ अन्यथा अनावश्यक समस्याको सामना गर्नुपर्नेछ।
साताको सुरुमा जागिर परिवर्तन गर्न सकिनेछ। प्रतिकूल परिस्थिति अनुकूल हुनेछ। तपाईं नयाँ कला र विधाहरू सिक्न प्रयास गर्न सक्नुहुन्छ। आफ्नो दक्षता र मौलिकता पत्ता लगाउन प्रयास गर्र्न उहुनेछ । लगभग सम्पूर्ण हप्ता अद्भुत रहनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् र कार्यस्थलमा स्थिति तपाईंको पक्षमा हुनेछ। व्यवसायीका लागि लाभको सम्भावना छ ।
तपाईंले घर मर्मत तथा विलासिताको खरिदमा ठूलो रकम खर्च गर्नुपर्ने हुनसक्छ। अत्याधिक खर्चका कारण तपाईंको बजेटमा बाधा आउन सक्छ।
साताको मध्यमा धार्मिक कार्यमा रुचि बढ्नेछ। यस अवधिमा तीर्थयात्राको अवसर मिल्नेछ। साताको उत्तरार्धमा धेरै प्रतिक्षा गरिएको काम सम्पन्न हुँदा तपाईलाई राहत महसुस हुनेछ। नोकरी गर्ने वर्गले पनि पदोन्नति आदिको शुभ समाचार प्राप्त गर्नेछन्। सफलता, पदोन्नति र लाभको अवसर मिल्नेछ। प्रेम सम्बन्धको दृष्टिकोणले यो साता तपाईको लागि अनुकूल छ। प्रेमीकासँग रमाइलो पल बिताउने अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। छोराछोरीको प्रगतिलाई लिएर तपाईं धेरै उत्साहित हुनुहुनेछ।
उपाय- दैनिक श्री विष्णु सहस्त्रनामको पाठ गर्नाले लाभ मिल्नेछ । सूर्यलाई जल चढाउनुहाेस् ।
मकर राशि
यो साता धेरै शुभ र सफलता ल्याउने छ । साताको प्रारम्भदेखि तपाईका योजनाबद्ध कार्यहरू समय र इच्छा अनुसार सम्पन्न हुनेछन्। व्यापार व्यवसायमा प्रगतिको सम्भावना बढ्नेछ ।तपाईको राम्रो समय सुरु हुन लागेको छ। व्यक्तित्वमा निखार ल्याउने प्रयास हुनेछ । यो साता तपाईंले आफ्नो व्यक्तित्व निखार्न प्रयास गर्नुहुनेछ। घरको वातावरण शान्त र सौहार्दपूर्ण रहनेछ। साताको सुरुवात निकै राम्रो रहनेछ।
तपाईंको हाकिमले तपाईंको नाम पदोन्नतिको लागि मनोनयन गर्न सक्छन् । व्यापार व्यावसायमा राम्रो प्रगति हुनेछ । लिन बाँकी रहेको पैसा प्राप्त भएपछि तपाईं धेरै खुसी हुनुहुनेछ। तपाईंका सबै परियोजनाहरू सहज रूपमा चल्नेछन्। पहिले गरेको लगानीबाट लाभ मिल्नेछ । सम्पत्ति, मार्केटिङ र लक्ष्य उन्मुख काम गर्नेहरूका लागि यो साता धेरै शुभ रहनेछ।
मकर राशिका व्यक्तिहरूले काममा नयाँ प्रस्ताव प्राप्त गर्नेछन्। साताको मध्यमा विशेष व्यक्तिको सहयोगले विद्यार्थी, युवा तथा बेरोजगार व्यक्तिले सही दिशा देख्नेछन्।कानुनी मामिलामा विचाराधीन हुन सक्छ। प्रियजनहरूलाई बेवास्ता नगर्नुहोस्।यस समयमा, तपाईंले परिवारको प्रिय सदस्यबाट ठूलो आश्चर्य उपहार प्राप्त गर्न सक्नुहुन्छ।
उपाय- गणेश चालिसा नियमित पाठ गर्नुहाेस् ।
कुम्भ राशि
यो साता धेरै शुभ र सफल रहनेछ । साताको प्रारम्भमा जीविकोपार्जनसँग सम्बन्धित कुनै ठूलो इच्छा पूरा हुन सक्छ । साताको प्रारम्भमा धन लाभ हुने सम्भावना छ । बजारमा अड्किएका व्यवसायीहरुको पैसा अप्रत्याशित रुपमा बाहिर आउनेछ । ठूला व्यापार प्रस्तावहरू प्राप्त हुनाले अचानक व्यापारमा ठूलो फड्को लाग्न सक्छ।
विद्यार्थीहरूले आफ्नो मनपर्ने संस्थानमा भर्ना पाउन सक्छन्। मानिसहरू तपाईंसँग जोडिन उत्साहित हुनेछन्। महत्त्वपूर्न कागजातहरू सुरक्षित राख्नुहोस्। मानिसहरूले तपाईंलाई आफ्नो सफलताको श्रेय पनि दिनेछन्। काममा महिला अधिकारीबाट सहयोग मिल्नेछ । सामाजिक स्तरमा तपाईको प्रभुत्व बढ्नेछ। साझेदारी कार्यमा राम्रो लाभ मिल्नेछ।
यदि तपाईं विदेशमा काम गर्नुहुन्छ वा विदेशमा करियर बनाउन प्रयास गर्दै हुनुहुन्छ भने, तपाईंको बाटोमा आउने कुनै पनि ठूलो बाधा यो साताको अन्त्यमा हट्न सक्छ। राजनीतिमा संलग्न व्यक्तिहरूले लाभ लिन सक्छन्। पुरानो रोगबाट राहत मिल्नेछ, आत्मविश्वासको कमी पनि हुनेछ। प्रेम सम्बन्धका लागि यो साता अनुकूल छ । प्रेम जीवनमा आउने सबै बाधाहरू हट्नेछन्। प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्छ।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् ।
मीन राशि
यो साता मीन राशिका व्यक्तिहरूले जुन दिशामा मिहिनेत गरे पनि सोही दिशामा अपेक्षित सफलता र लाभ प्राप्त हुने देखिन्छ । समग्रमा यो साता तपाईको भाग्यले राम्रोसँग काम गर्नेछ। साताको पूर्वार्धमा तपाईको धेरैजसो समय धार्मिक शुभ कार्यक्रममा बित्नेछ। यस समयमा, तपाईंले आफ्ना प्रियजनहरूसँग खुसीसाथ समय बिताउने अवसर प्राप्त गर्नुहुनेछ। सरकारी काममा आउने अवरोध हट्नेछ । कार्यस्थलमा राम्रो नाम कमाउनुहुनेछ। असल साथीभाइसँग सम्बन्ध बन्नेछ। धार्मिक स्थलमा एक्लै समय बिताउने इच्छा जाग्नेछ।
कार्यस्थलमा साझेदारहरूसँगको समन्वय राम्रो रहनेछ। तपाईंको छवि बजारमा ठूलो बन्न गइरहेको छ। युवाहरूले अनलाइन प्लेटफर्महरूबाट नयाँ सीपहरू सिक्न प्रयास गर्न सक्छन्। सन्तानको करियरमा राम्रो सफलता मिल्नेछ ।
यदि तपाईं व्यापारमा संलग्न हुनुहुन्छ भने तपाईंले आफ्नो व्यापारमा ठूलो नाफा कमाउनुहुनेछ। साझेदारीमा व्यापार गर्नेहरूका लागि समय अनुकूल छ। तपाईं आफ्नो व्यवसाय विस्तार गर्न योजना मा आफ्नो पार्टनरसँग काम गर्न सक्नुहुन्छ। नयाँ व्यापार सम्झौतामा अवरोध आउने सम्भावना छ । दाजुभाइबीच विवाद हुन सक्छ ।
यदि तपाईं अविवाहित हुनुहुन्छ भने तपाईंको विवाह निश्चित हुनसक्छ।
साताको दोस्रो भागमा आर्थिक स्थितिमा सुधार भए पनि खर्चमा उल्लेख्य वृद्धि हुनेछ । यस अवधिमा, राम्रो सम्बन्ध कायम राख्न, भविष्यमा पूरा गर्न गाह्रो हुन सक्ने कुनै पनि वाचाहरू नगर्नुहोस्।
उपाय- बिष्णु चालिसाको नियमित पाठ गर्नुहाेस् ।































प्रतिक्रिया