जुम्लाको तापक्रम माइनस ४ मा झर्‍यो, डडेल्धुरापछि काठमाडौँमा सबैभन्दा बढी जाडो

जुम्लाको तापक्रम माइनस ४ मा झर्‍यो, डडेल्धुरापछि काठमाडौँमा सबैभन्दा बढी जाडो

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । अहिले नेपालमा पोस्ट मनसुन सिजन छ । नोभेम्बर महिनाभर यो सिजन रहन्छ । डिसेम्बरदेखि हिउँदयाम लाग्छ ।

तर हिउँदयाम नलाग्दै देशभर चिसो बढ्दै गएको छ । देशभर तापक्रम घट्दै गएपछि चिसो पनि बढ्दै गएको हो ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको सूचीअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस रहेको छ । यो सबैभन्दा कम न्यूनतम तापक्रम हो ।

यसपछि आज बिहान सबैभन्दा कम न्यूनतम तापक्रम डडेल्धुरामा छ । डडेल्धुराको आजको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस छ । विवरणअनुसार तेस्रोमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस छ । यो काठमाडौँका लागि यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो ।

Skip This
Skip This
Logo