सप्तरी । सप्तरीमा घरभित्रै एक किशोरीको शव फेला परेको छ । सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीकी १६ वर्षीया सरिता कुमारी बडहीको शव उनकै घरभित्र अर्ध नग्न अवस्थामा शव फेला परेको हो । शव फेला परेपछि प्रहरीले उनका बुबालाई पक्राउ गरेको छ ।
बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि प्रहरीले बुवा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्राउ गरेको हो । मृतककी आमा भने फरार छिन् । फरार रहेकी आमाको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
कोठाको भित्रबाट चुकुल नलागेको, भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको भागमा चोटपटकको दागसमेत देखिएको इन्स्पेक्टर श्रेष्ठको भनाई छ ।
पक्राउ परेका बुबा तुरन्तलालले सामानय कुटपिट गरेको बयान प्रहरीसमक्ष दिएका छन् । भारतमा विवाहिता दिदीका देवरसँग सरिताको प्रेम रहेको र सोही कारण घरपरिवारमा विवाद रहेको बुझिएको छ।
घरपरिवारले विवाहका लागि मञ्जुरी नदिए पनि किशोरीले सोही केटासँग मात्र विवाह गर्ने ढिपी गरेपछि उनीहरुले कुटपिट गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।





























प्रतिक्रिया