हुम्ला ।
हुम्लामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
सिमकोट गाउँपालिका ७ मा गए राति ११ बजे लु २ च २१०२ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
मृत्य हुनेमा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ का ४५ वर्षीय डुकी तामाङ, उनका श्रीमान ४५ वर्षीय गुरु तामाङ रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । जिप सडकबाट करिब ६ सय मिटर तल खसेको छ ।





























प्रतिक्रिया