रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै मच्छेडाँडीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २० जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।
ओखलढुंगाको घाराखोरीबाट काठमाडौँको लागि हिँडेको बा४ख ४२१० नम्बरको बस मन्थली नगरपालिका(१ मच्छेडाँडीमा दुर्घटना हुँदा ओखलढुँगाको चंपादेवी गाउँपालिका ६ का २५ वर्षीय ओम कार्कीको मृत्यु भएको हो ।
अन्य घाइतेहरुको भने मन्थलीस्थिति तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिए ।





























प्रतिक्रिया