काठमाडौँ । रौतहटको राजदेवी नगरपालिका– ५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ भन्दा बढी फुसको घर जलेर नष्ट भएका छन् । स्थानीय बाबुलाल हजराको घरमा विद्युत् सर्ट भई हजरा नजिकै रहेको दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेको हो ।
आगलागी भएको खबर पाउनासाथ प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको बिओपी बेलबिछवा र गौर नगरपालिकाको बारुण यन्त्र घटनास्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरेको छ । घरमा राति सुतेको बेलामा आगलागी भएकाले सरसामान निकाल्न नपाएको प्रहरीले बताएको छ ।
यद्यपि मानवीय क्षति नभए पनि लत्तााकपडा र अन्नलगायत जलेको प्रहरीले जानकारी दिएको छ । आगोबाट के कति क्षति भएको छ, सोको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।





























प्रतिक्रिया