लक्ष्मीनारायण मन्दिर बनाउन १ रोपनी ६ आना जग्गा दान

लक्ष्मीनारायण मन्दिर बनाउन १ रोपनी ६ आना जग्गा दान

केन्द्रबिन्दु
48
Shares

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा मन्दिर बनाउन एक दाताले जग्गा दान गरेका छन् । राकाथुमको गोठपानीमा लक्ष्मीनारायण मन्दिर बनाउन स्थानीय सुन्दरलाल श्रेष्ठ र उनको परिवारले जग्गा दान गरेका हुन् ।

मन्दिर निर्माणको लागि ५ लाख मूल्य पर्ने १ रोपनी ६ आना जग्गा श्रेष्ठले दान गरेका वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । जग्गादातालाई लक्ष्मीनारायण मन्दिर संरक्षण समितिले सम्मान गरेको छ ।

समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठको अध्यक्षता तथा वडाध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जग्गादातालाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले अहिलेको युगमा पनि दान गर्ने व्यक्ति अति ठूलो मनका भएको बताए । मानिसहरूसँग सम्पति भएर मात्र नहुने भन्दै उनले त्यसलाई खर्च गर्न सक्ने र त्यो पनि सही ठाउँमा खर्च गर्न सक्ने क्षमता पनि हुनु पर्नेमा जोड दिए ।

Skip This
Skip This
Logo