मुग्लिन (चितवन) । इच्छाकामना गाउँपालिकाले सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ।
सहिद दिवसका दिन बुधबार इच्छाकामना–२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका सहिदका परिवारलाई रु पाँच हजार नगदसहित सम्मान गरेको हो। बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरूलाई सम्मान गरेका हुन्। उनले सहिदहरुका कारण देशमा परिवर्तन सम्भव भएको बताए।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रतिपरिवार रु पाँच हजार प्रदान गरिएको बताउँदै उनले आगामी दिनमा सहिद परिवारका आवश्यकतालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिकाले २०३४ सालको पञ्चायती शासनविरुद्धको जुगेडी काण्डका सहिद वडा नं २ का दशरथ चेपाङ, सन्तबहादुर चेपाङ, चन्द्रबहादुर चेपाङका साथै जनयुद्धका वडा नं २ का जीवन बुढाथोकी र वडा नं ३ का चन्द्रबहादुर गुरुङ (दीपेश)को परिवारलाई सम्मान गरेको हो ।































प्रतिक्रिया