सशस्त्र प्रहरीले उद्धार गर्यो ताप्लेजुङका ३९ तीर्थयात्री

सशस्त्र प्रहरीले उद्धार गर्यो ताप्लेजुङका ३९ तीर्थयात्री

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौ । सशस्त्र प्रहरी बलले ताप्लेजुङमा अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । ताप्लेजुङमा केबलकार निर्माण खारेजीको मागसहित भइरहेको आन्दोलनका कारण तीर्थयात्रीपत्र फुङलिङ बजारमा अलपत्र परेका थिए ।

नो केबलकार’ समूहले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमसहितका नाकामा भित्रिने र बाहिरीने यातायात बन्द गरेपछि तीर्थयात्री अलपत्र परेका हुन् ।

कास्की, सिरहा, झापा, काठमाण्डौ, भक्तपुर, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र परेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं–१ कञ्चनजङ्घा गुल्मले उद्धार गरी पाँचथर पठाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बलले अलपत्र तीर्थयात्रीको गुल्म परिसरमा स्वास्थ्य जाँचसमेत गरेको थियो । उद्धार गरिएकाहरुलाई गुल्मले खानाको समेत व्यवस्था गरेको थियो । त्यसपछि स्कर्टिङ गरेर पाँचथरको सदरमुकाम फिदिम बजारसम्म पुर्‍याइएको हो ।

Skip This
Skip This
Logo