‘देश विकास सरकारको प्रमुख लक्ष्य हो’: बद्रीप्रसाद पाण्डे

‘देश विकास सरकारको प्रमुख लक्ष्य हो’: बद्रीप्रसाद पाण्डे

केन्द्रबिन्दु
24
Shares

ढोरपाटन (बागलुङ) । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताएका छन्।

आज बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताए। वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्दै उनले पर्यटनको विकासबाट देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन सकिने बताए।

पृथक प्रसङ्गमा उनले सत्ता साझेदार दलबीच कुनै समस्या नभएको तथा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको बताए। बागलुङ कालिका, पञ्चकोट र मुक्तिनाथ क्षेत्रका कारण धौलागिरि अञ्चलमा धार्मिक पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेको मन्त्री पाण्डेले बताए।

Skip This
Skip This
Logo