महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग

महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग

केन्द्रबिन्दु
9
Shares

महोत्तरी । गरिबी र रोगले गाँजेका महोत्तरीका क्षयरोगीलनई पोषणयुक्त खाद्यसामग्री प्रदान गरिएको छन्। क्षयरोग पुष्टि भई उपचारका क्रममा औषधि सेवन गरिरहेकालाई पोषणयुक्त खाद्य सहयोगप्रदान गरिएको हो।

यस्तो सहयोग विपन्न, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी र बेरोजगारलाई प्रदान हुँदै आएको छ। गौशाला, रामगोपालपुर, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकामा यो कार्यक्रम कार्यान्वयन भएको छ। यो वर्ष ८० जना कार्यक्रममा समेटिएका छन्। लाभग्राहीलाई छ पटकसम्म पोषक तत्व प्रदान गरिन्छ।

क्षयरोगीले औषधी खानअघि खानपर्ने पोषणयुक्त खानेकुराको अभाव हुन नदिनु कार्यक्रमको उद्देश्य हो। रामगोपालपुर नगरपालिकाका अनुसार पोषण सामग्रीमा चामल २५ किलोग्राम दाल एक किलो, तोरीको तेल एक लिटर, चना एक किलो ५०० ग्राम, गहुँको पिठो एक किलो र मांसाहारीलाई एक क्यारेट अण्डा तथा साकाहारी भए एक किलो सोयाबिन समावेश गरिएको छ।

रोगीआश्रित पाँच वर्ष मुनिका बालबालिका भए थप दुई किलो सर्वोत्तम पिठो पनि प्रदान गरिन्छ।

Skip This
Skip This
Logo