महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु

महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु

केन्द्रबिन्दु
933
Shares

जनकपुर । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना भएको छ । शनिबार महाकुम्भबाट फर्किरहेको अवस्थामा गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

सबैजना जनकपुरधामकै रहेको बताइएको छ । शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ । त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् ।

बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भइ सडकमा पल्टिएको प्रत्यक्षदर्शीको भनाई छ ।

Logo