काठमाडौं । चन्द्रागिरि नगरपालिका–९ चुनदेवी चोकमा मंगलबार मोटरसाइकल र गाडी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मत्यु हुनेमा बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक ३९ वर्षीय कुमार श्रेष्ठ छन् । उनी चढेको मोटरसाइकल र बा ४ ख १७० नम्बरको गाडी आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुंगलस्थित एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।































प्रतिक्रिया