मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

केन्द्रबिन्दु
27
Shares

मुग्लिन (चितवन। चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो ।

दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिए ।

Logo