७ वटा गाईसहित दुई जनालाई पक्राउ

७ वटा गाईसहित दुई जनालाई पक्राउ

केन्द्रबिन्दु
90
Shares

रौतहट । रौतहट प्रहरीले ७ वटा गाईसहित दुई जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरी टोलिले राजपुर नगरपालिका वडा न २ फतुवाबाट नियन्त्रणमा लिएको हो । राजपुर नगरपालिका वडा न २ फतुवाका बर्ष ४३ को ओहिद अन्सारी र यमुनामाइ गाउपालिका वडा न ३ बस्ने बर्ष २८ को शेख सोहेब आलमलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

गौर भन्सार कार्यलयमा बुझाइएको छ ।

यस विषयमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

Logo