भारतको केआईआईटी होस्टलमा मृत्यु भएकी प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदै

भारतको केआईआईटी होस्टलमा मृत्यु भएकी प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदै

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । भारतमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदै छ ।

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा मृत भेटिएकी नेपाली छात्रा लम्सालको शव ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको पहलमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेज प्रशासनसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन्।

प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबरपछि उनका बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए। उनले मंगलबार प्रहरी अधिकारीहरूसँग भेट्दै छोरीका लागि न्यायको माग गरेका थिए।

२० वर्षीय प्रकृति गत आइतबार अपराह्न होस्टलको कोठामा मृत भेटिएकी थिइन्। घटनापछि उनका सहपाठी विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन थालेका थिए। तर, विश्वविद्यालय प्रशासनले प्रदर्शनकारीहरूमाथि दमन गर्दै उल्टै कुटपिट र होस्टल निष्कासन गरेको थियो। चर्को आलोचना भएपछि, कलेज प्रशासनले केही कर्मचारीहरूलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरिएको छ। नेपाली विद्यार्थीहरूलाई धम्क्याउने विश्वविद्यालय र प्राध्यापक मन्जुशा पाण्डेले माफी मागेकी छन्।

यस घटनाले भारतभर नै चासो बढाएको छ। ओडिसाको विधानसभामा समेत प्रकृतिको मृत्युबारे प्रश्न उठेको छ। ओडिसा सरकारले घटनाको गम्भीरता बुझ्दै उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

घटनासँग जोडिएका मुख्य अभियुक्त अड्विक श्रीवास्तव लाई ब्ल्याकमेल गरेको आरोपमा पक्राउ गरी न्यायिक हिरासतमा राखिएको छ।

Skip This
Skip This
Logo