प्रकृतिको अन्त्येष्टिमा भारतका विद्यार्थीलगायत हजारौको उपस्थिति, शोकमग्न भैरहवा

प्रकृतिको अन्त्येष्टिमा भारतका विद्यार्थीलगायत हजारौको उपस्थिति, शोकमग्न भैरहवा

केन्द्रबिन्दु
249
Shares

रुपन्देही । अध्ययनको लागि भारतमा गएकी एक चेलीको शंकास्पद मृत्युले यतिबेला भैरहवा शोकमग्न भएको छ ।

बुधवार साँझ उनको शव नेपाल आइपुगेसँगै परिवार, आफन्त र स्थानीयवासी शोकमा डुबेका हुन। प्रकृतिको शवको हिजै राती अन्तिम संस्कार गरिएको छ । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव हिजै दिउँसो ल्याइए पनि राती अन्त्येष्टि गरिएको छ।

भैरहवाको स्वर्गद्वारी घाटमा हजारौँको उपस्थितिमा उनको दाहसंस्कार गरिएको हो। अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीयबासी तथा सहपाठीहरू सहभागी भएका थिए।

प्रकृतिको शव भारतको ओडिसा राज्यको भुवनेश्वर बाट गोरखपुर हुँदै हिजो बिहान भैरहवा ल्याइएको थियो। तर, उनका अभिभावक ढिलो आइपुगेकाले शवलाई केही घण्टा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज मा राखिएको थियो।

दिउँसो १२ बजेपछि शवयात्रा निकालिएको थियो, जसमा भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत उनका सहपाठीहरू पनि सहभागी थिए। राति भैरहवा परिक्रमा गराएर शवलाई स्वर्गद्वारी घाट पुर्याइएको थियो, जहाँ हजुरबुवा देवनाथ लम्साल ले मुखाग्नि दिएका थिए।

घटनापछि केआईआईटीमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरू पनि असुरक्षाका कारण स्वदेश फर्किरहेका छन्।

यस हृदय विदारक घटनाले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। भारतीय प्रहरीको विस्तृत अनुसन्धानपछि मात्र घटनाको वास्तविकता खुल्नेछ।

Skip This
Skip This
Logo