काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालमा रिक्त तीन सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदमा बढुवा सिफारिस गरिएको छ। बिहीबार बेलुका बसेको गृहसचिव नेतृत्वको बढुवा समितिको बैठकले तीन जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
सिफारिस हुनेमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्। यसपटकको बढुवमा सशस्त्र प्रहरीमै भर्ना भएको दोस्रो ब्याचले छलाङ मारेको छ। ढकाल ब्याच नं १ का हुन् भने कुँवर र भट्ट दोस्रो ब्याचबाट आएका छन्। पहिलो ब्याच र त्यसभन्दा पनि सिनियर अधिकारीहरुलाई छुटाएर कुँवर र भट्टलाई बढुवा गरिएको छ।
नेपाल प्रहरीको प्राविधिकबाट आएका कृष्णराज पाठक सबैभन्दा सिनियर एसएसपी थिए। तर उनलाई यसपटक पनि बढुवा गरिएन।
गत भदौ १६ गतेदेखि नै सशस्त्र प्रहरीमा दुईजना डीआईजीको दरबन्दी रिक्त थियो। रिक्त भएको झण्डै ५ महिनासम्म बढुवा नगरी राखिएको थियो। डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास भएका थिए। अर्का डीआईजी किशोर प्रधान डीआईजीबाटै अवकास भएपछि रिक्त पद संख्या तीन पुगेको थियो






























प्रतिक्रिया