बेलुन विस्फोटका घाइते पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

बेलुन विस्फोटका घाइते पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ कोसमारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए । मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

उनले ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन साथ, सहयोग, र सुझाव अपेक्षित रहने पनि बताएका छन् ।

Skip This
Skip This
Logo