राधिका शाक्यको दोस्रो पुस्तक ‘करुणा’लाई प्रधानमन्त्री ओलीको बधाइ र शुभकामना

राधिका शाक्यको दोस्रो पुस्तक ‘करुणा’लाई प्रधानमन्त्री ओलीको बधाइ र शुभकामना

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यले लेखेको दोस्रो पुस्तक ‘करुणा’ रोचक भएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओलीले राधिकाको दोस्रो पुस्तक ‘करुणा’ आफ्नो हात परेको र साह्रै राम्रो लेखेको भन्दै बधाई र शुभकामना दिएका छन् । ‘अस्ति राधिकाको दोस्रो किताब ‘करुणा’ हात पर्‍यो। एकदमै राम्रो लेखेकी रहिछिन्, निकै रोचक लाग्यो। भोलि १२ः३० बजे राष्ट्रिय सभागृहमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ । राधिकालाई बधाई, धेरै धेरै शुभकामना,’ ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।

राधिका शाक्यले यसअघि ‘मेरो अनुभूति’ भन्ने पुस्तक लेखेकी थिइन् । जसमा ओलीसँग साथमा रहँदा एमाले नेताहरुको चरित्र र विचार समेटिएको थियो । जसले एमाले नेताहरुमा तरंग सार्वजनिक गरेको थियो । ‘करुणा’ मा भने सामाजिक कार्यमा सहभागिता हुँदाका विषय समेटिएको बुझिएको छ ।

प्रधानमन्त्री पत्नी राधिकाले लेखेको उक्त पुस्तक शनिबार सार्वजनिक दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा पुस्तक लोकार्पण गरिने भएको छ ।

Skip This
Skip This
Logo