चकलेट दिने बहानामा ७ वर्षीया बालिकाको बलात्कार

चकलेट दिने बहानामा ७ वर्षीया बालिकाको बलात्कार

केन्द्रबिन्दु
0
Shares

धनुषा । चकलेट दिने बहानामा एक ७ वर्षीया बालिकाको बलात्कार भएको छ । गणेशमान चारनाथ नगरपालिका ५ सढियामा घरमै रहेकी बालिकालाई चकलेट दिने बहानामा घरबाट पर उखुबारीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । सोमबार राति १० बजे स्थानीय २५ वर्षका रोशन बस्नेतले बलात्कार गरेका हुन् ।

बालत्कृत बालिकाको अवस्था गम्भीर भएपछि स्थानीय स्तरमा उपचार सम्भव नहुँदा थप उपचारको लागि राति नै वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । बलात्कार गर्ने युवक बस्नेतलाई राति नै पक्राउ गरिएको छ ।

बलात्कृत बालिकाकी आमा दृष्टिविहीन छिन् । राति जाँड खाएर मातेका बस्नेत आफ्नो दाई विदेशबाट चकलेट ल्याइदिएको र चकलेट दिन आएको भन्दै बालिकाको घरको ढोका खोल्न लगाएका थिए । त्यसपछि बालिकालाई लिएर उनले पर उखुघारीमा लगेर बलात्कार गरेका थिए ।

बालिकाकी आमा बस्नेतलाई आवाजले चिनेकी थिइन् । छोरी बेपत्ता भएपछि बालिकाकी आमाले गाउँलेलाई गुहारेकी थिइन् । स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए । उखुघारीमा बालिका रगताम्य तथा गम्भीर अवस्थामा निर्वस्त्र फेला परेकी थिइन् । प्रहरीले बस्नेतलाई तत्कालै पक्राउ गरेको थियो ।

Skip This
Skip This
Logo