ताप्लेजुङमा प्रहरी र केबलकारविरोधी समूहबीच अर्को झडप

ताप्लेजुङमा प्रहरी र केबलकारविरोधी समूहबीच अर्को झडप

केन्द्रबिन्दु
129
Shares

काठमाडौं । ताप्लेजुङमा प्रहरी र केबलकारविरोधी समूहबीच फेरि अर्को झडप भएको छ । नो केलकार समूह मसालसहित फुङलिङ बजार प्रवेश गरेपछि प्रहरीसँग झडप भएको छ ।

उक्त झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । काफ्लेपाटीबाट फर्किएको समूहले फुङलिङमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । वीरेन्द्र चोकमा झडप भएको हो । प्रदर्शनमा राजेन्द्र महतोको नेतृत्वमा मधेश प्रदेशबाट आएका समेत भएको बुझिएको छ ।

प्रदर्शनकारीले केही घरमा आगाजानी र प्रहरीमाथि आगोको मुस्लो फ्याँकेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको सीडीओ नेत्रप्रसाद पौडेलले जानकारी दिए।

केही घरमा आगजानीको प्रयास समेत भएको जानकारी आएको छ ।

Logo