पशुपतिमा आइपुगे नागा बाबाहरू

पशुपतिमा आइपुगे नागा बाबाहरू

केन्द्रबिन्दु
63
Shares

काठमाडौँ । महाशिवरात्री पर्व मनाउनका पाशुपत क्षेत्रलाई सिंगारिदै गर्दा उक्त क्षेत्रमा विभिन्न वर्गका पाहुनाहरुको आगमन भैइरहको छ ।

यसैबीच महाशिवरात्री पर्व मनाउनका लागि नागा बाबाहरू काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आइपुगेका छन्।
हरेक वर्ष मनाइने शिवरात्रीमा छिमेकी मुलुक भारतबाट नागा बाबाहरू आउने परम्परा रहेको छ ।

नागा बाबाहरू आज जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका थिए। जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा चार थरीका सम्रपदायका बाबाहरू आउने गर्छन्।

अहिले महाशिवरात्री पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्त जनहरूको संख्या पनि वृद्धि भएको छ।

Skip This
Skip This
Logo