चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छ : सभापति देउवा

चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छ : सभापति देउवा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् ।

ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त उनले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेका बताए । यी चाडपर्वमध्ये नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) पनि एक महत्त्वपूर्ण पर्व भएको सभापति देउवाले उल्लेख गरे।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । सभापति देउवाले ग्याल्पो ल्होसार (नयाँ वर्ष) सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समुन्नतिको वर्ष बनोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo