ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीमा बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ ।
मंगलबार बिहान टीकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिकै खानेपानी आयोजनाका लागि डिप बोरिङ गर्ने क्रममा करिब ३ सय मिटर बोरिङको पाइप गाडिसकेपछि त्यहाँबाट आगोको ज्वाला निस्किएको हो ।
बिहान ९ः३० बजे निस्किएको आगो झन्डै साढे दुई घन्टापछि नियन्त्रणमा आएको छ । पानी खनाएर निभाउने कोसिस गरेपनि आगो निभेको थिएन र पछि ग्यास निभाउन तत्व नै ल्याएर नियन्त्रणमा लिइएको छ।
त्यहाँ २५ दिनदेखि डिप बोरिङ खन्ने काम भइरहेको थियो। महालक्ष्मी नगरपालिका वडा नम्बर ५ शान्ति टोल आसपाससमेत गरी करिब दुई हजार घरधुरीका लागि पानी अपुग भएपछि बोरिङ गरिएको छ ।































प्रतिक्रिया