१८ वर्षपछि फेरि मोटरसाइकल चालकसहित यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याइँदै

१८ वर्षपछि फेरि मोटरसाइकल चालकसहित यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याइँदै

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । सरकारले पुनः मोटरसाइकल तथा दुई पाङ्ग्रे सवारी साधन चलाउँदा चालकसहित यात्रुले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था ल्याउने तयारी गरेको छ ।

२०६१ सालदेखि मोटरसाइकलका चालकसहित त्यसमा सवार यात्रुका निम्ति हेल्मेट अनिवार्य गरेको थियो । तर, २०६२–०६३ को जनआन्दोलनपछि गठित सरकारले ‘सम्पूर्ण शाहीकालीन आदेश तथा निर्देश खारेज हुने’ भनी एकमुष्ट निर्णय गरेपछि दुई हेल्मेटको व्यवस्था पनि खारेज भएको थियो ।

अहिले फेरि सरकारले संसदमा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा त्यस्तो व्यवस्था गरेको हो । प्रतास्वनामा भनिएको छ, “मोटर साइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप लगाउनुपर्नेछ ।”

साथै दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्दा बालबालिकालाई चालकको अगाडि राख्न नपाइने र १० वर्षमुनिका वा १३५ सेन्टिमिटरभन्दा कम उचाई भएका बालबालिकाका लागि छुट्टै सीट (चाइल्ड रिस्ट्रेन्ट) को व्यवस्था गर्ने उल्लेख छ ।

यस्तो छ मस्यौदा-

Skip This
Skip This
Logo