एम्बुलेन्सको ठक्करबाट अटो चालकको मृत्यु

एम्बुलेन्सको ठक्करबाट अटो चालकको मृत्यु

केन्द्रबिन्दु
18
Shares

जनकपुर । एम्बुलेन्सको ठक्करबाट एकजना अटो चालकको मृत्यु भएको छ ।

जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

जनकपुर न्यूरो हस्पिटलबाट विरामी लिएर काठमाडाैं जाँदै गरेको स १ च १३९२ नम्बर एम्बुलेन्स लक्ष्मिनियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज १ स ३४८७ नम्बरको ई रिक्सालाई रमदैया वाटर पार्क अगाडि ठक्कर दिँदा रिक्सा चालक लक्ष्मिनियाँ गाउँपालिका ७ का सुरेश यादवका छोरा २४ वर्षीय अर्जुन यादवको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नितेश कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार रिक्सामा सवार लक्ष्मिनिया -७ कै २० वर्षीय शिवम साह र सतीश सदा घाइते भएका छन । घाइतेहरुको रामजानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ ।

एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको छ ।

Logo