काठमाडौं । शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका रङ्गीविरङ्गी फूल फुल्न थाल्दछन्।
यतिबेला काठमाडौँ उपत्यकाको धोबीखोला करिडोरमा लगाइएका विभिन्न फूल फुलेर ढकमक्क भएका छन्। रङ्गीविरङ्गी फूल फुलेर करिडोरको शोभा बढाउनाका साथै खोलाको सौन्दर्य पनि मनमोहक देखिन्छ। कोरिडोरमा लगाइएका बिरुवाले शोभामात्र नदिएर वातावरणलाई समेत सफा राखेको छ।
धोबीखोला कोरिडोर केहीवर्ष अघिसम्म वर्षामा हिलो र हिउँदमा धुलो तथा प्रदूषणले यात्रा गर्न कठिन थियो। हिजोआज त्यही सडकमा दिनहुँ यात्र गर्ने यात्रुहरुलाई कोरिडोरको दृश्यले मोहित बनाएको स्थानीयवासीहरु बताउँछन्।
























































प्रतिक्रिया