काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुवेदीले सो जानकारी दिएका हुन्। राजावादीहरुले भोलि काठमाडौंको तीनकुनेमा जनप्रदर्शन गर्दैछन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते एक वक्तव्य सार्वजनिक गर्दै पनि आफ्नो सक्रियता बढाएका छन् । त्यसमा मुख्य भूमिका निभाइरहेका प्रसाईंलाई नै यो जिम्मेवारी दिइएको हो ।































प्रतिक्रिया