काठमाडौं । राजसंस्था फर्काउने भन्दै आन्दोलन गरेका राजावादी समूहले तीनकुने क्षेत्रमा अराजक गतिविधि गरेका छन् । आन्दोलनकर्ता र प्रहरीबीच झडप हुँदा व्यक्तिकाे घर तोडफोड गरेसँगै माहोलले उग्र रूप लिँदै गएको हो ।
उक्त क्षेत्रको मुख्य सडक अगाडिका धेरै घरमा आन्दोलनकारीले ढुङ्गा हानेर तोडफोड गरेको बताइएको छ । व्यवसायिक भवन साथै कम्प्लेक्सको अगाडि सिसामा आन्दोलनकारीले ठूलो क्षति पुग्ने गरी सिसा फुटाएका हुन् ।
उक्त ठाउँमा भएका भवनको सिसा फुट्दा करोडौं रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । राजावादी समूह र प्रहरीबीच भएका झडपबाट दर्जानौं घाइते भएका छन् । अवस्था तनावग्रस्त हुँदा राजावादीको कार्यक्रम तितरवितर छ ।































प्रतिक्रिया