तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो, प्रहरीको टाउकोमा चोट

तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो, प्रहरीको टाउकोमा चोट

केन्द्रबिन्दु
630
Shares

काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनमा एक प्रदर्शनकारीलाई गोली लागेको छ ।

प्रहरीले हानेको रबर गोलीले घाइते भएका प्रदर्शनकारीलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ । तीनकुनेकै प्रदर्शनमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।

सोही क्रममा झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । उनीहरुलाई पनि कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि तीनकुने क्षेत्र तनावग्रस्त छ ।

Skip This
Skip This
Logo