काठमाडौं । राजसंस्था पुनरागमनका लागि प्रदर्शनमा उत्रिएका राजावादीहरूले राजधानीका केही क्षेत्रमा हिँसात्मक गतिविधि बढाएपछि सेना परिचालनको आदेश भएको छ ।
काठमाडौं प्रशासनले गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शन पनि आजै भृकुटीमण्डपमा भएकाले राजावादीलाई तीनकुनेको स्थान तोकेको थियो । तर, दुर्गा प्रसाईंको नेतृत्वमा राजावादीहरु बानेश्वरतर्फ अघि बढेपछि तनावको स्थिति पैदा भएको थियो ।
हाल तीनकुनेमा घर, गाडी जलाएपछि विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कफ्र्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म, गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म तोकिएको छ ।
मिति २०८१।१२।१५ गते अपरान्ह ४ः२५ बजेदेखि मिति २०८१।१२।१५ गते राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको हो ।





























प्रतिक्रिया