राजावादीहरुको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते

राजावादीहरुको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजवादीहरुको प्रदर्शनमा हालसम्म तीन जना सुरक्षार्की र १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरी प्रवक्त डीआईजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकरी दिए । उनले भने, ‘अहिलेसम्म तीन जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । साथै १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।’

उनले कफ्र्यु आदेश गरिसकेको भएपनि अवस्था सामान्य नबनेको बताए ।

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।

Skip This
Skip This
Logo